शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा आज थप १६८ जनामा कोरोना संक्रमण पुष्टि, ३६ जना संक्रमण मुक्त

धादिङमा आज थप १६८ जनामा कोरोना संक्रमण पुष्टि, ३६ जना संक्रमण मुक्त

नागरिक पाटी

८, जेठ २०७८
  • 4.9K
    SHARES
  • धादिङमा आज थप १६८ जनामा कोरोना संक्रमण पुष्टि, ३६ जना संक्रमण मुक्त

    धादिङ । धादिङका थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको निलकण्ठका ४८, धुनिबेसीका ४५, गल्छीका १, गजुरीका १९, गंगाजमुनाका १३, थाक्रेका ९ र धादिङ्ग अस्पतालमा ३३ गरी जिल्लामा कुल १६८ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

    images
    images

    यससँगै जिल्लामा सक्रिय केश ९९० पुगेको छ । संक्रमित मध्ये ८५७ जना जिल्ला भित्र र १३३ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ३ हजार ४०३ पुगेको छ ।

    जिल्ला भित्र अस्पताल आइसोलेसनमा १६ जना रहेका छन् भने संस्थागत आइसोलेसन अन्तरगत धुनिबेसिमा १, गल्छीमा ७, बेनिघाटमा ६, गजुरीमा ९, त्रिपुरासुन्दरीमा ३, रुबिभ्यालिमा २ जना रहेका छन्। जिल्ला भित्र होम आइसोलेसनमा ८१३ जना रहेका छन्। त्यसैगरी जिल्ला बाहिर अस्पताल आइसोलेसनमा १४ र होम आइसोलेसनमा ११९ रहेका छन्।

    पछिल्लो विवरण अनुसार संक्रमणका कारण नीलकण्ठ नगरपालिकाका ८६ बर्षीय महिला र धुनिबेसि नगरपालिकाका ६३ र ५१ बर्षीय पुरुषको मृत्यु भए संगै जिल्लाको मृत्यु संख्या ४० पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ८, २०७८ शनिवार - १८:०४:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology