धादिङ । नेकपा एमालेका युवा नेता जिवन राईले नयाँ दल दर्ता गरेका छन् । एमाले बरिष्ठ नेता माधव नेपालनिकटका युवा नेता जीवन राईले नेकपा एकीकृत पार्टी दर्ता गरेका हुन् ।
नेता राईका अनुसार गत वैशाख ७ गते नै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिए पनि आयोगबाट प्रमाणपत्र पाउन भने बाँकी बाँकी छ ।
एमाले बरिष्ठ नेता नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी गरिरहेका बेला युवा नेता राईले छुट्टै पार्टी दर्ता गरेका हुन् । उता अध्यक्ष राईले भने आफूले नेताहरुसँग सल्लाह नै नगरी नयाँ दल दर्ता गरेको प्रतिक्रिया दिएका छन् ।
नयाँ दल: नेकपा एकीकृत पार्टी
को को छन् पदाधिकारी ?
अध्यक्ष: जिवन राई
उपाध्यक्ष: कल्पना गुरुङ,
महासचिवः विनोद खुलाल
सचिव : ऐनविक्रम कुँवर
कोषाध्यक्ष: सुशील खनाल
‘