धादिङ । धादिङका थप १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको निलकण्ठका १, धुनिबेसीका २, गल्छीका ७, गजुरीका ११, बेनिघाट रोराङका ६१, ज्वालामुखीका ४४, त्रिपुरासुन्दरीका १ र थाक्रेका २ जना गरी जिल्लामा कुल १२९ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । आज जिल्ला भित्र १२२ र जिल्ला बाहिर ७ पोजिटिभ केश देखिएको छ।
यससँगै जिल्लामा सक्रिय केश १ हजार ८४ पुगेको छ । संक्रमित मध्ये ९५७ जना जिल्ला भित्र र १२७ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ३ हजार ५३२ पुगेको छ ।
जिल्ला भित्र अस्पतालको आइसोलेसनमा १७, संस्थागत आइसोलेसन अन्तरगत धुनिबेसिमा १, गल्छीमा ७, बेनिघाटमा १, त्रिपुरासुन्दरीमा ३, रुबिभ्यालिमा ४ जना रहेका छन् भने होम आइसोलेसनमा रहनेको संख्या ९१८ रहेको छ ।
त्यसैगरि जिल्ला बाहिर अस्पताल आइसोलेसनमा ११ र होम आइसोलेसनमा ११६ रहेका छन्। संक्रमणका कारण जिल्लाको मृत्यु संख्या ४० पुगेको छ । आज जिल्लाका ३५ संक्रमित संक्रमण मुक्त भएसँगै जिल्लाभर संक्रमण मूक्त हुनेको सङ्ख्या २ हजार ४०८ पुगेको छ ।
आज आज नेत्रवातिमा १३५ र रुवीभ्यालिमा १०६ गरी जिल्लाभित्र २४१ स्वाब संकलन भएको छ । यससँगै जिल्लाभरका ७४४ जनाको नतिजा आउन बाँकी रहेको छ ।