शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु, मृत्यु हुनेको संख्या ४३ पुग्यो

धादिङमा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु, मृत्यु हुनेको संख्या ४३ पुग्यो

नागरिक पाटी

११, जेठ २०७८
  • 6.8K
    SHARES
  • धादिङमा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु, मृत्यु हुनेको संख्या ४३ पुग्यो

    धादिङ । धादिङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ । संक्रमणबाट पछिल्लो २४ घण्टा भित्र नीलकण्ठ नगरपालिकाका ७२ बर्षीय पुरुष, सिद्धलेक गाउँपालिकाका ३५ बर्षीय पुरुष र नेत्रावती डवजोङ गाउँपालिकाका ४९ बर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

    images
    images

    यो संगै धादिङ जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको हो । यसअघि शनिबार जिल्लाका तिान कोरोना संक्रमितको मृत्यु भएको थियो ।

    धादिङको १३ स्थानीय तहमध्ये सबैभन्दा धेरै नीलकण्ठ नगरपालिकामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । धुनीबेशी नगरपालिकामा ७ जना, गजुरी र सिद्धलेकका ४/४ जना, गंगाजमुनाका ३ जना, बेनिघाट रोराङरत्रिपुरासुन्दरी र नेत्रावती डवजोङका २/२ जना, ज्वालामुखी र थाक्रे गाउँपालिकाका १/१ जनाको मृत्यु भएको छ।

    धादिङमा हालसम्म कोरोना संक्रमितहरु ३ हजार ७०८ रहेका छन् जसमा २ हजार ५३६ जना संक्रमणमुक्त भएका छन् । जिल्ला भित्र ९८६ सक्रिय केश र जिल्ला बाहिर १४३ सक्रिय केश गरेर धादिङ्गको सक्रिय केश ११ सय २९ रहेको स्वास्थ्य कार्यालय धादिङको विवरणमा उल्लेख गरिएको छ ।

    जिल्ला भित्र अस्पताल आइसोलेसनमा ३०, संस्थागत आइसोलेसन अन्तरगत धुनिबेसिमा १, गल्छीमा ७, गजुरीमा ७, त्रिपुरासुन्दरीमा ६, रुवीभ्यालिमा ३ र होम आइसोलेसन् मा ९३२ रहेका छन्। त्यसैगरि जिल्ला बाहिर अस्पताल आइसोलेसनमा १६ र होम आइसोलेसनमा १२७ जना रहेका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ११, २०७८ मंगलवार - १९:०३:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology