शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा आज थप ९२ जनामा कोरोना संक्रमण पुष्टि, ८८ जना संक्रमणमुक्त

धादिङमा आज थप ९२ जनामा कोरोना संक्रमण पुष्टि, ८८ जना संक्रमणमुक्त

नागरिक पाटी

११, जेठ २०७८
  • 5.3K
    SHARES
  • धादिङमा आज थप ९२ जनामा कोरोना संक्रमण पुष्टि, ८८ जना संक्रमणमुक्त

    धादिङ । धादिङका थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको नीलकण्ठका ६०, गल्छीका ९, गजुरीका ५, त्रिपुरासुन्दरीका ६, नेत्रावातीका १०, खनियाबासका २ गरि जिल्लामा ९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

    images
    images

    यससँगै जिल्लामा सक्रिय केश १ हजार १२९ पुगेको छ । संक्रमित मध्ये ९८६ जना जिल्ला भित्र र १४३ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् ।

    यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ३ हजार ७०८ पुगेको छ । जिल्ला भित्र अस्पताल आइसोलेसनमा ३०, संस्थागत आइसोलेसन अन्तरगत धुनिबेसिमा १, गल्छीमा ७, गजुरीमा ७, त्रिपुरासुन्दरीमा ६, रुवीभ्यालिमा ३ र होम आइसोलेसनमा ९३२ रहेका छन्।

    त्यसैगरि जिल्ला बाहिर अस्पताल आइसोलेसनमा १६ र होम आइसोलेसनमा १२७ जना रहेका छन्। संक्रमणका कारण निलकण्ठका ७२ बर्षीय पुरुष, सिद्धलेकका ३५ बर्षीय पुरुष र नेत्रावतीका ४९ बर्षीय पुरुष गरि आज ३ जनाको मृत्यु भएसंगै जिल्लाको मृत्यु संख्या ४३ पुगेको छ ।

    आज जिल्लाका ८८ संक्रमित संक्रमण मुक्त भएसँगै जिल्लाभर संक्रमण मूक्त हुनेको सङ्ख्या २ हजार ५३६ पुगेको छ । आज धुनिबेसिमा २६ र थाक्रेमा ६ गरि ३२ स्वाब संकलन भएको छ । यससँगै जिल्लाभरका ६९६ जनाको नतिजा आउन बाँकी रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ११, २०७८ मंगलवार - १९:०९:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology