शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा आज कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी

नेपालमा आज कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी

नागरिक पाटी

१२, जेठ २०७८
  • 6.1K
    SHARES
  • नेपालमा आज कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी

    धादिङ । २४ घण्टामा छ हजार ७ सय १६ जना कोभिड १९ संक्रमणबाट मुक्त भएका छन् । देशभर चार लाख ११ हजार ६ सय ३ संक्रमणमुक्त भइसकेका छन् ।बुधबार छ हजार ७ सय १४ जनामा कोभिड देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल पाँच लाख ३५ हजार ५ सय २५ जना संक्रमित भएका छन् ।

    images
    images

    पछिल्लो पटक १९ हजार ३ सय ५२ जनाको परीक्षण गरिएको थियो । हालसम्म २९ लाख ७७ हजार ६ सय ५० जनाको पीसीआर परीक्षण गरिएको छ । १ सय ४५ को मृत्यु भएको र कुल मृत्युदर ६ हजार ८ सय ४५ छ ।

    सक्रिय संक्रमित एक लाख १७ हजार ७७ छन् । क्‍वारेन्टाइनमा आठ सय ५३ जना छन् । काठमाडौँमा एक हजार १ सय ३९, भक्तपुरमा एक सय १३ र ललितपुरमा दुई सय ४१ जना संक्रमण देखिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १२, २०७८ बुधवार - १८:११:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology