धादिङ । धादिङमा संक्रमणबाट पछिल्लो २४ घण्टामा नीलकण्ठ नगरपालिकाका ६३ बर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यो संगै धादिङ जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको हो । यसअघि मंगलबार जिल्लाका तिन कोरोना संक्रमितको मृत्यु भएको थियो ।
धादिङको १३ स्थानीय तहमध्ये सबैभन्दा धेरै नीलकण्ठ नगरपालिकामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । धुनीबेशी नगरपालिकामा ७ जना, गजुरी र सिद्धलेकका ४/४ जना, गंगाजमुनाका ३ जना, बेनिघाट रोराङरत्रिपुरासुन्दरी र नेत्रावती डवजोङका २/२ जना, ज्वालामुखी र थाक्रे गाउँपालिकाका १/१ जनाको मृत्यु भएको छ।