शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप १८५ जनामा कोरोना संक्रमण पुष्टि, ३६ जना संक्रमणमुक्त

धादिङमा थप १८५ जनामा कोरोना संक्रमण पुष्टि, ३६ जना संक्रमणमुक्त

नागरिक पाटी

१२, जेठ २०७८
  • 6.4K
    SHARES
  • धादिङमा थप १८५ जनामा कोरोना संक्रमण पुष्टि, ३६ जना संक्रमणमुक्त

    धादिङ । धादिङमा थप १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको निलकण्ठका ३७, ज्वालामुखीका ८०, त्रिपुरासुन्दरीका ३, गंगाजमुनाका १७, थाक्रेका ३६, धादिङ्ग अस्पतालमा १२ गरि जिल्लामा १८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले बताएको छ।

    images
    images

    यससँगै जिल्लामा सक्रिय केश १ हजार २७८ पुगेको छ । संक्रमित मध्ये ११ सय ५२ जना जिल्ला भित्र र १२६ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् ।

    यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ३ हजार ८९४ पुगेको छ । जिल्ला भित्र अस्पताल आइसोलेसनमा २८, संस्थागत आइसोलेसनमा २२ र होम आइसोलेसनमा ११ सय २ जना रहेका छन्। त्यसैगरि जिल्ला बाहिर अस्पताल आइसोलेसनमा १६ र होम आइसोलेसनमा ११० जना रहेका छन्।

    संक्रमणका कारण निलकण्ठका ६३ बर्षीय पुरुषको मृत्यु भएसंगै जिल्लामा मृत्यु संख्या ४४ पुगेको छ । आज जिल्लाका ३६ संक्रमित संक्रमण मुक्त भएसँगै जिल्लाभर संक्रमण मूक्त हुनेको सङ्ख्या २ हजार ५७२ पुगेको छ । आज निलकण्ठमा ७८, गजुरीमा १० र थाक्रेमा २२ गरि जिल्लामा ११० स्वाब संकलन भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १२, २०७८ बुधवार - १८:२६:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology