शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रेडक्रस धादिङद्धारा अस्थायी कोभिड अस्पताललाई स्वास्थ्य लगायतका सामाग्री प्रदान

रेडक्रस धादिङद्धारा अस्थायी कोभिड अस्पताललाई स्वास्थ्य लगायतका सामाग्री प्रदान

नागरिक पाटी

१४, जेठ २०७८
  • 6.9K
    SHARES
  • रेडक्रस धादिङद्धारा अस्थायी कोभिड अस्पताललाई स्वास्थ्य लगायतका सामाग्री प्रदान

    धादिङ । नेपाल रेडक्रस सोसाइटी धादिङले धादिङ अस्पतालद्धारा सञ्चालित अस्थायी कोभिड अस्पतालमा विभिन्न स्वास्थ्य सामाग्री र उपकरण सहयोग गरेको छ। शुक्रबार कोभिड अस्पताल परीसरमा आज एक कार्यक्रम गरी अस्पताल व्यवस्थापन समितीका अध्यक्ष महेन्द्र धमला र मेडिकल सुपरिटेन्डट डा.त्रिभुवन चन्द्र झालाई धादिङ रेडक्रसका सभापति नारायण तिमिल्सिनाले स्वास्थ्य सामाग्री तथा स्वास्थ्य उपकरणहरु हस्तान्तरण गर्नुभएको छ ।

    images
    images

    191213677_905675783608088_5635575915703664367_n.jpg

    स्वास्थ्य सामग्रीहरुमा अक्सिजन कन्सनटेटर १ थान, मेडिकल सर्जिकल मास्क १ हजार पिस,N95 फाईभ मास्क–सय पिस,पिपिई ४ पिस,कम्बल २० थान,अटोमेटिक स्प्रे मेसिन १ थान, क्लोरिन ५ लिटर,स्यानीटाईजर ५ लिटर,ह्याण्ड स्यानिटाईजर ९ वटा, डिटोल साबुन ६० पिस,बाल्टी १० थान,जग १० थान, व्यक्तिगत सरसफाइ सामाग्री (ब्रस,मन्जन,साबुनहरु, टावेल) २५ थान र डेड बडी (शव ब्या) ५ थान रहेको अस्पतालका सूचना अधिकारी विक्रम वि।कले जानकारी दिनुभयो । यस्तै सभापति तिमिल्सिनाले अस्पतालको २० ओटा अक्सिजन सिलिन्डर काठमाडौबाट भरेर ल्याउन २० हजार नगद समेत सहयोग गर्नुभएको छ ।

    192013054_3031192540501051_4240563123676494361_n.jpg

    सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै रेडक्रसका सभापति नारायण तिमिल्सिनाले धादिङ अस्पताल र नेपाल रेडक्रस सोसाइटी धादिङ बीच नङ र मासुको जस्तो सम्बन्ध रहेको बताउदै कोभिड सङ्ग लड्न आफुहरुले पुर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले कोभिड नियन्त्रणको लागि अस्पताल र स्वास्थ्यकर्मीले खेलेको भुमिका सह्रानिय रहेको भन्दै सँगै हातेमालो गरेर अगाडि बढ्ने र अन्य निकायलाई समेत यो बिषम परिस्थितिमा सहयोग गर्नपहल गर्ने बताउनुभयो।

    191459784_178275370868355_3860634311790397050_n.jpg

    यस्तै अस्पतालका मेडिकल सुपरिटेन्डट डा. त्रिभुवन चन्द्र झाले सहयोगको लागि रेडक्रसलाई आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै सहयोगको निरन्तरताको अपेक्षा गर्नुभयो । साथै उहाँले अस्थायी कोभिड अस्पताल, स्वास्थ्यकर्मी र बिरामीहरुको सुरक्षा व्यवस्थालाई प्रभाबकारी बनाई कोभिड संक्रमण थप फैलने सम्भावनालाई न्युन गर्न नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले समेत आईसोलेसनमा तत्काल सुरक्षा प्रदान गर्नुपर्ने बताउनुभयो।

    कार्यक्रममा अध्यक्ष महेन्द्र धमलाले रेडक्रसले महत्वपूर्ण सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै कोभिड नियन्त्रणमा रेडक्रसले खेलेको भुमिकाको प्रशंशा गर्नुभएको थियो । अध्यक्ष धमलाले अस्पताल र रेडक्रसबीच पहिले देखिनै राम्रो सहकार्य हुदै आएको र अहिलेको बिषम परिस्थितिमा अझै प्रभावकारी बनाउदै कोभिड नियन्त्रणमा हातेमालो गरेर अगाडि बढ्न जरुरी रहेको धारणा राख्नुभयो।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १४, २०७८ शुक्रवार - ११:५०:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology