शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ९,८४१ जना कोरोना संक्रमणमुक्त, ६,९५१ जनामा संक्रमण पुष्टि

नेपालमा थप ९,८४१ जना कोरोना संक्रमणमुक्त, ६,९५१ जनामा संक्रमण पुष्टि

नागरिक पाटी

१४, जेठ २०७८
  • 4.7K
    SHARES
  • नेपालमा थप ९,८४१ जना कोरोना संक्रमणमुक्त, ६,९५१ जनामा संक्रमण पुष्टि

    धादिङ । नेपालमा पछिल्लो २४ घण्टा भित्र ९ हजार ८४१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै निको हुनेको सङ्ख्या चार लाख २८ हजार ६७० पुगेको छ ।

    images
    images

    यस्तै आज थप ६ हजार ९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार देशभरका प्रयोगशालाबाट १९ हजार ३१३ जनाको पीसीआर गर्दा ६,८५५ जना र ७९७ जनाको एन्टिजिन परिक्षणमा ९६ गरी कुल ६ हजार ९५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यससँगै हालसम्म देशभर कोरोना संक्रमितको हुनेको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । कोरोना सङ्क्रमणमुक्त हुनेको दर ७८ दशमलब १ प्रतिशत रहेको छ ।

    नेपालमा सक्रिय संक्रमित १ लाख १३ हजार ३९४ रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ९६ जनाले ज्यान गुमाएसँगै हालसम्म संक्रमण बाट ज्यान गुमाउनेको सङ्ख्या ७ हजार ४७ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १४, २०७८ शुक्रवार - १७:४२:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology