हेटौंडा । बागमती प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । बैठक दिउँसो ३ बजे बस्दैछ । तर अहिले आगामी वर्षको प्रि(बजेट छलफल गर्ने वातावरण बनाउनै सरकारलाई निकै मेहनत गर्नुपर्ने अवस्था सिर्जना भएको छ । प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र आफ्नो अडानमा अडिक छ । सरकार त्यसलाई पूरा गर्ने पक्षमा छैन ।
यसअघि सातौं अधिवेशन प्रतिपक्षको मागलाई सम्बोधन नगरेर सरकारले अन्त्य गरेको थियो । लगातार चार पटकसम्म संसद् अवरुद्ध गरेसँगै सरकारले प्रतिपक्षसँग छलफल÷वार्ता नगरी संसद अन्त्य गर्यो । असार १ गते बजेट ल्याउनुपर्ने बाध्यता छ । बजेट ल्याउनुपूर्व १५ दिन अघि संसदमा प्रि बजेटबारे छलफल गर्नुपर्ने हुन्छ ।