शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रसुवागढी नाकाबाट १५ सय अक्सिजन सिलिन्डर नेपाल भित्रियो

रसुवागढी नाकाबाट १५ सय अक्सिजन सिलिन्डर नेपाल भित्रियो

नागरिक पाटी

१८, जेठ २०७८
  • 8.3K
    SHARES
  • रसुवागढी नाकाबाट १५ सय अक्सिजन सिलिन्डर नेपाल भित्रियो

    रसुवा । रसुवागढी नाकाबाट १ हजार ५ सय वटा अक्सिजन सिलिन्डरको भित्रिएको छ । चीन सरकारले अनुदानमा दिएकामध्ये १ हजार ५ सय वटा सिलिन्डर आएको हो ।

    images
    images

    गएको ७ गते बेइजिङबाट हिँडेका चिनियाँ गाडी आज नेपाल भित्रिएका हुन् । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चार वटा चिनियाँ गाडीले अक्सिजन सिलिन्डर र एन नाइन्टी फाइभ मास्क ल्याएका छन् । ५ लाख २७ हजार ५ सय थान एन नाइन्टी फाइभ मास्क आयात भएको कार्यालयले जनाएको छ ।

    चीनबाट आएका स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बुझ्नुभएको छ । यी सामग्री आज नै स्वास्थ्य मन्त्रालयमा पठाइने उहाँले बताउनु भएको छ । यो नाका हुँदै अन्य सामग्री पनि चिनियाँ गाडीले नै ल्याउने गरेका छन् । केही हप्ता अघिदेखि दैनिक ८ वटा चिनियाँ गाडीले सामान आयात गरिरहेका छन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १८, २०७८ मंगलवार - १२:४०:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology