शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चन्द्रागिरी स्थित मनमोहन अस्पतालको अनुगमन

चन्द्रागिरी स्थित मनमोहन अस्पतालको अनुगमन

नागरिक पाटी

१८, जेठ २०७८
  • 5.8K
    SHARES
  • चन्द्रागिरी स्थित मनमोहन अस्पतालको अनुगमन

    काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल बेशिक साइन्स भवन चन्द्रागिरीको मन्त्रालयद्धारा अनुगमन मुल्याँकन भएको छ । दहचोक स्थित सो अस्पतालमा ३०० शैयाको कोभिड १९ केयर युनिट संचालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठद्धारा अनुगमन एवं मुल्यांकन भएको हो ।

    images
    images

    कार्यक्रममा मनमोहन मेमोरियत मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. धर्मदत्त सुवेदी लगायत स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले राज्यको लगानीमा बनेको उक्त अस्पताल संरचनाको उच्च मुल्यांकन गर्दै शिघ्र संचालन गरिनेमा जोड दिनुभयो । यो पूर्वाधारलाई पूर्ण सदुपयोग गर्नका लागि सरकारसँग २ वटा विकल्प रहेको भन्दै यसलाई कि त स्थानीय स्वास्थ्य संस्थाको रुपमा संचालन गर्ने अथवा सुविधा सम्पन्न हस्पिटलको रुपमा संचालन गरिनुपर्ने बताउनुभयो ।

    त्यसैगरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कुनै एक व्यक्तिको सनकको भरमा राज्यको ठूलो लगानी रहेको यस्ता संरचनाहरु संचालन हुनबाट रोकिनु जायज नभएको भन्दै यसलाई तल्काल संचालन गरिनुपर्नेमा जोड दिनुभयो । हस्पिटल संरचना बनेर पनि संचालन नहुँदा भएका भवनहरु जीर्ण हुँदै गएको अवस्था दुखद् रहेको भन्दै संचालनमा रोक लगाउने भन्ने कुरा नै आफुलाई मान्य नभएको उहाँले बताउनुभयो ।

    यस अस्पतालमा हाल रहेको ३ सय शैयामा राखिने बिमारीहरुका लागि आवश्यक पूर्वाधारहरु पनि आफुहरुसँग नभएको र यसबारे सिसिएमसि लगायत सम्पूर्ण संरचनामा कुरा राखिसक्दा पनि कुनै पहल नभएको भन्दै प्रबन्ध निर्देशक डा।सुवेदी गुनासो व्यक्त गर्नुभएको छे । यहाँ अत्यावश्यक अक्सिजन, अक्सिजन माक्स लगायतका कुनै पनि सुविधाहरु उपलब्ध हुने स्थिति बन्न सकेको छैन । यति ठुलो अस्पताल संरचना आँखै अगाडी भएर पनि यसबाट कुनै स्वास्थ्य लाभ लिन अपाउँदा दुःख लाग्ने गरेको स्थानिय बासिन्दाहरुले समेत बारम्बार दुःख व्यक्त गर्ने गरेका छन् ।

    साथै मन्त्री त्रिपाठीले समुदायस्तरमा कोभिड रोकथामका लागि विविध उपायहरु अवलम्बन गरिने क्रमसँगै कोभिड संक्रमण दर घट्न लागेको उहाँले बताउनुभयो । तथापी संक्रमणको तेस्रो लहरको जोखिम आउँदै गर्दा पहिलो चरणमा बृद्धबृद्धा, दोस्रो चरणमा युवा पुस्तालाई संक्रमणको जोखिम देखिएजस्तै तेस्रो लहरमा बालबालिका संक्रमणको जोखिममा रहेको हुँदा बेलैमा यसतर्फ सचेत हुँदै पूर्वतयारी थाल्नु जरुरी भएको बताउनुभयो । २० लाख डोज खोप भारतबाट खरिद गरिएकोमा १० लाख डोज ल्याइसकिएको र १० लाख डोज भारतमा संक्रमण फैलिइसकेको अवस्थाले गर्दा ल्याउन नसकिएको बताउँदै बाँकि खोप खरिदका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको पनि मन्त्री त्रिपाठीको भनाई छ । -खबरसिटी

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १८, २०७८ मंगलवार - १३:१७:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology