शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा आज थप ५,९०४ जना कोरोना संक्रमणमुक्त, ६,८२५ जनामा संक्रमण, ७५ जनाको मृत्यु

नेपालमा आज थप ५,९०४ जना कोरोना संक्रमणमुक्त, ६,८२५ जनामा संक्रमण, ७५ जनाको मृत्यु

नागरिक पाटी

२०, जेठ २०७८
  • 7.1K
    SHARES
  • नेपालमा आज थप ५,९०४ जना कोरोना संक्रमणमुक्त, ६,८२५ जनामा संक्रमण, ७५ जनाको मृत्यु

    धादिङ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ५,९०४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको स्वासथ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    images
    images

    पछिल्लो २४ घण्टामा थप ६,८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कोभिड–१९बाट संक्रमितको हुनेको संख्या ५ लाख ८६ हजार ५०९ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ७५ जना संक्रमितले ज्यान गएको छ । योसँगै हालसम्म कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ७,६३० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ८३९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १८ हजार ५६२ जनाको पीसीआर र ३,२११ जनाको एन्टीजेन विधिबाट कोभिड–१९ को संक्रमण परीक्षण गरिएको छ । आज नेपालमा निको हुने भन्दा संक्रमित हुनेको संख्या बढेको छ । यसअघि संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २०, २०७८ बिहिवार - १८:३०:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology