धादिङ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ६६३ जना निको भएसँगै नेपालमा सक्रिय केश ९७ हजार ६ सय ९९ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै देशभर थप ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज शुक्रबार देशभरका प्रयोगशालाबाट १४ हजार १८२ जनाको पीसीआर गर्दा ४,६२४ जना र ६,६३१ जनाको एन्टिजिन परिक्षणमा २,०२९ गरी कुल ६ हजार ६५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यससँगै हालसम्म देशभर कोरोना संक्रमितको हुनेको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ भने निको हुनेको सङ्ख्या चार लाख ७६ हजार १३० पुगेको छ ।
कोरोना सङ्क्रमणमुक्त हुनेको दर ८१ दशमलब ९ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट १०१ जनाले ज्यान गुमाएसँगै हालसम्म संक्रमण बाट ज्यान गुमाउनेको सङ्ख्या ७ हजार ७३१ पुगेको छ ।