काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा जना ३४७९ नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४७१को पीसीआर र ३२६२ जनाको एन्टिजन परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन।
यस्तै सोही अवधिमा ६,६३६ जनाले कोरोना जितेका छन् भने ९९ जनाको मृत्यु भएको छ। नेपालमा सरदर २८.९ प्रतिशत सङ्क्रमण दर रहेको छ। पछिल्लो समय देशभर संक्रमितको संख्या घट्दै गइरहेको मन्त्रालयले जनाएको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ८९२१७ छ। तीमध्ये अहिले काठमाडौं उपत्यकाका तीन जिल्लामा हुनेको सङ्ख्या सर्वाधिक छ। अहिले विभिन्न स्थानमा ६५१४ जना बिरामी संस्थागत आइसोलशनमा छन्। नेपालमा ३८ प्रतिशत भन्दा केही बढी महिला र ६१ प्रतिशत जति पुरुष सङ्क्रमित छन्। ४७ जिल्लामा पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।