शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा आज थप २१७ जना कोरोना संक्रमणमुक्त, १०३ जनामा संक्रमण, एकको मृत्यु

धादिङमा आज थप २१७ जना कोरोना संक्रमणमुक्त, १०३ जनामा संक्रमण, एकको मृत्यु

नागरिक पाटी

२३, जेठ २०७८
  • 4.7K
    SHARES
  • धादिङमा आज थप २१७ जना कोरोना संक्रमणमुक्त, १०३ जनामा संक्रमण, एकको मृत्यु

    धादिङ । धादिङका थप २१७ जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टाको विवरण अनुसार जिल्लाभित्र र बाहिर रहेका २१७ जना डिस्चार्च भएसँगै जिल्लामा संक्रमणमुक्त हुनेको सङ्ख्या ३ हजार ७९० पुगेको छ । यसैगरी आज थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images
    images

    पछिल्लो २४ घण्टामा जिल्लाको निलकण्ठका १,धुनीबेशीका २,गजुरीका १, बेनिघाटका २,ज्वालामुखीका ४५,गंगाजमुनाका ११, थाक्रेका १,सिद्धलेकका १७, रुवीभ्यालीका २ जना र धादिङ अस्पतालमा १० जना गरी जिल्ला भित्र ९६ जना र जिल्ला बाहिर ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। १०३ जना मध्ये ८५ जना पीसिआर परिक्षणमा संक्रमण पुष्टि भएको हो भने ११ जनाको एन्टिजिन किट परिक्षणमा पोजिटिभ देखिएको हो ।

    यससँगै जिल्लामा सक्रिय केश १ हजार ३६१ पुगेको छ । संक्रमित मध्ये १२ सय ९ जना जिल्ला भित्र र १५२ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ४ हजार ८७५ पुगेको छ । आज जिल्ला भित्र अस्पताल आइसोलेसनमा ९, संस्थागत आइसोलेसन्मा २६ र होम आइसोलेसनमा ११ सय ७४ जना रहेका छन् । त्यसैगरि जिल्ला बाहिर अस्पताल आइसोलेसनमा २९ र होम आइसोलेसनमा १२३ जना रहेका छन्।

    यस्तै आज सिद्धलेक गाउँपालिकाकी ४५ बर्षीया महिलाको मृत्यु भएसंगै जिल्लाको मृत्यु संख्या ५६ पुगेको छ । आज निलकण्ठ मा ८८ र गजुरीमा ३ गरि आज जिल्लामा ९१ स्वाब संकलन भएको छ भने २७ जनाको एन्टिजेन परिक्षण भएको छ। हाल जिल्लाभरका १५७ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २३, २०७८ आइतवार - १७:५७:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology