शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप १३३ जना कोरोना संक्रमणमुक्त, १५ जनामा संक्रमण पुष्टि

धादिङमा थप १३३ जना कोरोना संक्रमणमुक्त, १५ जनामा संक्रमण पुष्टि

नागरिक पाटी

२५, जेठ २०७८
  • 4.4K
    SHARES
  • धादिङमा थप १३३ जना कोरोना संक्रमणमुक्त, १५ जनामा संक्रमण पुष्टि

    धादिङ । धादिङका थप १३३ जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टाको विवरण अनुसार जिल्लाभित्र र बाहिर रहेका १३३ जना डिस्चार्च भएसँगै जिल्लामा संक्रमणमुक्त हुनेको सङ्ख्या ३ हजार ९४७ पुगेको छ ।

    images
    images

    यसैगरी आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको विवरण अनुसार जिल्लाको गजुरीका ३ जना, गंगाजमुनाका ८ जना र धादिङ्ग अस्पतालमा ४ जना गरि आज जिल्ला भित्र १५ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । १५ जना मध्ये ३ जना पीसिआर परिक्षणमा संक्रमण पुष्टि भएको हो भने १२ जनाको एन्टिजिन किट परिक्षणमा पोजिटिभ देखिएको हो ।

    यससँगै जिल्लामा सक्रिय केश १ हजार २८९ पुगेको छ । संक्रमित मध्ये ११ सय ३४ जना जिल्ला भित्र र १५५ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ४ हजार ९५८ पुगेको छ ।

    जिल्ला भित्र अस्पताल आइसोलेसनमा १४, संस्थागत आइसोलेसनमा २९ र होम आइसोलेसनमा १ हजार ९१ जना रहेका छन्। त्यसैगरी जिल्ला बाहिर अस्पताल आइसोलेसनमा २९ र होम आइसोलेसनमा १२६ जना रहेका छन्।

    जिल्लामा कोरोनाले मृत्यु हुनेको संख्या ५९ पुगेको छ। आज जिल्ला भर जम्मा २१ जनाको एन्टिजेन किटबाट परिक्षण भएको छ। हाल जिल्लाभरका २५८ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २५, २०७८ मंगलवार - १७:२८:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology