शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ हजार माथी

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ हजार माथी

नागरिक पाटी

२५, जेठ २०७८
  • 7.1K
    SHARES
  • नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ हजार माथी

    धादिङ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या आठ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा र यसअघिको प्राप्त विवरणसहित एक सय आठ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार ९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images
    images

    यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार एक सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ६५ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार आठ सय ७० जना र पाँच हजार ६ सय ११ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार दुई सय ८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख ११ हजार तीन सय आठ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ६ हजार पाँच सय ७० जना निको भएसँगै निको हुनेको सङ्ख्या पाँच लाख चार हजार पाँच सय ३० पुगेको छ । अहिले नेपालमा ८२ हजार सात सय ३६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २५, २०७८ मंगलवार - १८:११:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology