धादिङ । देशभर आज थप ३ हजार ७४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भएको छ । बिहिबार देशभरका प्रयोगशालाबाट ९ हजार ९०१ जनाको पीसीआर गर्दा २,८७४ जना र ५,३३७ जनाको एन्टिजिन परिक्षणमा ८७५ गरी कुल ३ हजार ७४९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बुधबारमात्रै ४ हजार ३४४ संक्रमित थपिएका थिए । यससँगै हालसम्म देशभर कोरोना संक्रमितको हुनेको संख्या ६ लाख १ हजार ६८७ पुगेको छ। यस्तै करिब एक साता यता कोरोना भाइरस सङ्क्रमितको निको हुने दर बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार २९३ जना निको भएसँगै नेपालमा सक्रिय केश ७७ हजार ८५८ जनामा आईपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर हालसम्म निको हुनेको सङ्ख्या पाँच लाख १५ हजार ५९१ पुगेको छ ।
कोरोना सङ्क्रमणमुक्त हुनेको दर ८५ दशमलब ७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ५९ जनाले ज्यान गुमाएसँगै हालसम्म संक्रमण बाट ज्यान गुमाउनेको सङ्ख्या ८ हजार २३८ पुगेको छ ।