शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ३ हजार ३८४ जनामा कोरोना संक्रमण, ६ हजार २९५ जना संक्रमणमुक्त, ६१ जनाको मृत्यु

नेपालमा थप ३ हजार ३८४ जनामा कोरोना संक्रमण, ६ हजार २९५ जना संक्रमणमुक्त, ६१ जनाको मृत्यु

नागरिक पाटी

२९, जेठ २०७८
  • 4.8K
    SHARES
  • नेपालमा थप ३ हजार ३८४ जनामा कोरोना संक्रमण, ६ हजार २९५ जना संक्रमणमुक्त, ६१ जनाको मृत्यु

    धादिङ । आज देशभर तीन हजार ३८४ कोरोनाभाइरस संक्रमित थपिएका छन् भने ६१ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ४९४ जनाको स्वाब परीक्षण गर्दा तीन हजार ३८४ जनामा संक्रमण पुष्टि भएको हो। शुक्रबार १५ हजार १८२ जनाको स्वाब परीक्षण गर्दा तीन हजार ७५० जनामा संक्रमण देखिएको थियो। 

    images
    images

    त्यस्तै, कोरोनाबाट ६१ जनाको मृत्यु भएको छ। शुक्रबार ६७ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ हजार ३६६ पुगेको छ। 
    पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना निको भएका छन्। शुक्रबार पाँच हजार २२५ जना निको भएका थिए।  केही दिनयता कोरोना परीक्षण घटेको छ। जसले गर्दा कोरोना संक्रमितको संख्या पनि घटेको देखिएको छ। 

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २९, २०७८ शनिवार - १६:५५:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology