शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा आज थप २४०७ जनामा कोरोना संक्रमण, ३ हजार ९९४ जना संक्रमणमुक्त, ४६ को मृत्यु

नेपालमा आज थप २४०७ जनामा कोरोना संक्रमण, ३ हजार ९९४ जना संक्रमणमुक्त, ४६ को मृत्यु

नागरिक पाटी

३०, जेठ २०७८
  • 4.1K
    SHARES
  • नेपालमा आज थप २४०७ जनामा कोरोना संक्रमण, ३ हजार ९९४ जना संक्रमणमुक्त, ४६ को मृत्यु

    धादिङ । नेपालमा दैनिक कोरोना संक्रमितको संख्या घट्न थालेको छ । पछिल्लो समय परिक्षणको दायरा घटेसंगै संक्रमितको संख्या घटेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवत्ता डा.कृष्ण पौडेलले बताउनुभएको छ ।

    images
    images

    आईतबार थप २ हजार ४०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भएको छ । देशभरका प्रयोगशालाबाट ७ हजार ५१७ जनाको पीसीआर गर्दा १,६९४ जना र ४,८८९ जनाको एन्टिजिन परिक्षणमा ७१३ गरी कुल २ हजार ४०७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    हालसम्म देशभर कोरोना संक्रमितको हुनेको संख्या ६ लाख ९ हजार १८५ पुगेको छ। यस्तै एक साता यता कोरोना भाइरस सङ्क्रमितको निको हुने दर बढ्दै गएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ९९४ जना निको भएसँगै नेपालमा सक्रिय केश ६८ हजार ९५५ जनामा आईपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर हालसम्म निको हुनेको सङ्ख्या पाँच लाख ३१ हजार १०५ पुगेको छ ।

    कोरोना सङ्क्रमणमुक्त हुनेको दर ८६ दशमलब ९ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ४६ जनाले ज्यान गुमाएसँगै हालसम्म संक्रमण बाट ज्यान गुमाउनेको सङ्ख्या ८ हजार ४१२ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३०, २०७८ आइतवार - १७:२६:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology