धादिङ । नेपालमा पछिल्लो समय परिक्षणको दायरा घटेसंगै संक्रमितको संख्या घटेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोमबार थप २ हजार ९१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भएको छ ।
देशभरका प्रयोगशालाबाट ९ हजार ४३८ जनाको पीसीआर गर्दा २,०४९ जना र ५,३८१ जनाको एन्टिजिन परिक्षणमा ८६९ गरी कुल २ हजार ९१८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म देशभर कोरोना संक्रमितको हुनेको संख्या ६ लाख १० हजार ५२१ पुगेको छ। यस्तै एक साता यता कोरोना भाइरस सङ्क्रमितको निको हुने दर बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना निको भएसँगै नेपालमा सक्रिय केश ६५ हजार ८०४ जनामा आईपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर हालसम्म निको हुनेको सङ्ख्या पाँच लाख ३६ हजार २५२ पुगेको छ ।
कोरोना सङ्क्रमणमुक्त हुनेको दर ८७ दशमलब ८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ५३ जनाले ज्यान गुमाएसँगै हालसम्म संक्रमण बाट ज्यान गुमाउनेको सङ्ख्या ८ हजार ४६५ पुगेको छ ।