कोरोना संक्रमणको दोस्रो लहरको अवधिभित्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २७ पुगेको छ । मंगलबार थप ४१ जनाको मृत्यु भएसँगै मृतक संख्या पाँच हजार बढी हुन पुगेको हो । थपसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ५ सय ६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा चैतको तेस्रो सातादेखि यताको तथ्याकंलाई दोस्रो लहरभित्र समावेश गरिएको छ । चैतको २० गते अघिसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय ७९ जना थिए ।
संक्रमणबाट मृत्यु हुनेहरूमा सवै भन्दा ६० बर्ष माथिको जनसंख्या रहेको मन्त्रालयले जनाएको छ । दोस्रो नम्बरमा ५० देखि माथिका र तेस्रोमा ४० देखि ४९ वर्षभित्रका रहेका छन् ।
गत वर्षको तुलनामा दोस्रो लहरमा साढे दुई महिनाको अवधिमा ५ हजारभन्दा बढीको मृत्यु भएको मन्त्रालयको अभिलेखमा देखिन्छ । यो हिसाबले गत वर्षको भन्दा यो वर्षको मृत्युदर कम समयमा करिब दोब्बर देखिन्छ । यो समाचार नागरिक दैनिकमा छ ।