धादिङ । धादिङमा बुधबार पनि नयाँ संक्रमित भन्दा निको हुनेको सङ्ख्या बढि रहेको छ । पछिल्लो २४ घण्टाको विवरण अनुसार आजमात्रै १२९ जना डिस्चार्च भएसँगै जिल्लामा संक्रमणमुक्त हुनेको सङ्ख्या ४ हजार ६५६ सय पुगेको छ।यससँगै जिल्लामा सक्रिय केश ९६२ रहेको छ ।
यस्तै थप एकसय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको विवरण अनुसार जिल्लाको निलकण्ठका ७२, त्रिपुरासुन्दरीका २, थाक्रेका ३, ज्वालामुखीका ३, नेत्रवातीका २, रुवीभ्यालीका ५,थाक्रेका २, खनियाबासका २ जनामा संक्रमण पुष्टि स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
यस्तै सिद्धलेकका १ धादिङ्ग अस्पतालमा ८ जनार पालिका नखुलेका १ जना गरी आज जिल्ला भित्र ९३ जना र जिल्ला बाहिरको ७ जनामा संक्रमण पुष्टि भएको हो । एकसय जना मध्ये ८१ जना पीसिआर परिक्षणमा संक्रमण पुष्टि भएको हो भने १९ जनाको एन्टिजिन किट परिक्षणमा पोजिटिभ देखिएको हो।
संक्रमित मध्ये ८३२ जना जिल्ला भित्र र १३० जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ५ हजार ३८६ पुगेको छ ।
जिल्ला भित्र अस्पताल आइसोलेसनमा १८, संस्थागत आइसोलेसनमा २७ र होम आइसोलेसनमा ७८७ जना रहेका छन्। त्यसैगरी जिल्ला बाहिर अस्पताल आइसोलेसनमा २७ र होम आइसोलेसनमा १०३ जना रहेका छन्। जिल्लाको मृत्यु संख्या ६५ पुगेको छ।