शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

शेषकान्त फाउन्डेशनद्धारा थाक्रे गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

शेषकान्त फाउन्डेशनद्धारा थाक्रे गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

शिवराज आचार्य

३, आषाढ २०७८
  • 8.5K
    SHARES
  • शेषकान्त फाउन्डेशनद्धारा थाक्रे गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

    धार्के । शेषकान्त फाउन्डेशनले धादिङको थाक्रे गाउँपालिकालाई स्वास्थ्य तथा सुरक्षात्मक सामाग्री हस्तान्तरण गरेको छ । धुनिबेशी नगरपालिका वडा नम्बर ५ ढकालखोलामा रहेको फाउण्डेशनले अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को कारण उत्पन्न भएको समस्यालाई ध्यानमा राखेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको फाउण्डेशनका अध्यक्ष विश्वेश्वर प्रसाद ढकालले बताउनुभयो ।

    images
    images

    फाउण्डेशनले पालिकाहरुलाई पिपिई सेट, अक्सिमिटर, थर्मोमिटर , सेनिटाईजर , मास्क, ग्लोब्स लगायतका सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष ढकालको भनाई छ ।

    विभिन्न स्वास्थ्य सामग्रीहरु पालिका अन्तर्गतका आइसोलेसन सेन्टर तथा वडा कार्यालयमा सञ्चालित वडा स्वास्थ्य कार्यालयमा उपयोग गर्ने गरी हस्तान्तरण गरिएको फाउण्डेशनका उपाध्यक्ष बाब्कृष्ण सापकोटाले बताउनुभयो ।

    हस्तान्तरण कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्य, उपाध्यक्ष अम्बिका रुपाखेती, प्रमुख प्रशासकिय अधिकृत बलराम लम्साल लगायतको सहभागीता रहेको उपाध्यक्ष सापकोटाले जानकारी दिनु भएको छ । समान हस्तान्तरण गरेकोमा शेषकान्त फाउन्डेशनलाई गाउँपालिका अध्यक्ष राम कुमार आचार्यले धन्यवाद दिएका छन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३, २०७८ बिहिवार - १९:४३:५८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology