शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप १२८ जनामा कोरोना संक्रमण पुष्टि, १०४ जना संक्रमणमुक्त

धादिङमा थप १२८ जनामा कोरोना संक्रमण पुष्टि, १०४ जना संक्रमणमुक्त

नागरिक पाटी

४, आषाढ २०७८
  • 3.9K
    SHARES
  • धादिङमा थप १२८ जनामा कोरोना संक्रमण पुष्टि, १०४ जना संक्रमणमुक्त

    धादिङ । धादिङमा आज थप १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको विवरण अनुसार धादिङ अस्पतालमा ७७, गंगाजमुनाका १४, त्रिपुरासुन्दरीका १३, गल्छीका ५, धुनीबेशीका ४ जनामा संक्रमण पुष्टि स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

    images
    images

    यस्तै ज्वालामुखीका ३, गजुरीका ३, निलकण्ठका २, बेनिघाट रोराङ/रुवीभ्याली/नेत्रावती डवजोङ/थाक्रे र खनियाबास गाउँपालिकाका १/१ जना गरी आज जिल्ला भित्र ११४ जना र जिल्ला बाहिरको पोजिटिभको संख्या १४ रहेको छ ।

    १२८ जना मध्ये २५ जना पीसिआर परिक्षणमा संक्रमण पुष्टि भएको हो भने १०३ जनाको एन्टिजिन किट परिक्षणमा पोजिटिभ देखिएको हो।संक्रमित मध्ये ८२० जना जिल्ला भित्र र ९२ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ५ हजार ४४० पुगेको छ ।

    पछिल्लो २४ घण्टाको विवरण अनुसार १०४ जना डिस्चार्ज भएसँगै जिल्लामा संक्रमणमुक्त हुनेको सङ्ख्या ४ हजार ८१४ पुगेको छ।यससँगै जिल्लामा सक्रिय केश ९१२ रहेको छ ।

    जिल्ला भित्र अस्पताल आइसोलेसनमा १८, संस्थागत आइसोलेसनमा ३४ र होम आइसोलेसनमा ७६८ जना रहेका छन्। त्यसैगरी जिल्ला बाहिर हसितल आइसोलेसनमा २३ र होम आइसोलेसनमा ६९ जना रहेका छन्। जिल्लाको मृत्यु संख्या ६५ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ४, २०७८ शुक्रवार - १८:५५:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology