शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

८, आषाढ २०७८
  • 6.1K
    SHARES
  • नेपालमा थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौ । नेपालमा थप चार हजार पाँच सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार दुई सय चार जनाको पीसीआर परीक्षण र चार हजार सात सय नौ जनाको एन्टिजेन परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ लाख ५४ हजार चार सय ७० पुगेको छ ।

    images
    images

    पछिल्लो २४ घण्टामा चार हजार नौ सय ५४ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणबाट निको हुनेको सङ्ख्या पाँच लाख ६४ हजार आठ सय ८२ जना निको भएका छन् ।

    अहिले नेपालमा कोरोना सङ्क्रमण निको हुने दर ९० दशमलव २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ५२ हजार छ सय ४८ रहेको छ ।

    यस्तै पछिल्लो २४ घण्टा र प्राप्त विवरणसहित ४१ जनाको सङ्क्रमणका कारण ज्यान गएको छ । योसहित नेपालमा अहिलेसम्म आठ हजार आठ सय १३ जनाको कोरोनाबाट ज्यान गएको छ ।

    update.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ८, २०७८ मंगलवार - १९:२९:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology