शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा २ हजार ४२१ जनामा कोरोना संक्रमण, ३५ सय ५८ जना संक्रमणमुक्त, ८१ जनाको मृत्यु

नेपालमा २ हजार ४२१ जनामा कोरोना संक्रमण, ३५ सय ५८ जना संक्रमणमुक्त, ८१ जनाको मृत्यु

नागरिक पाटी

९, आषाढ २०७८
  • 6.2K
    SHARES
  • नेपालमा २ हजार ४२१ जनामा कोरोना संक्रमण, ३५ सय ५८ जना संक्रमणमुक्त, ८१ जनाको मृत्यु

    धादिङ । नेपालमा थप २ हजार ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधबार देशभरका प्रयोगशालाबाट ७ हजार ४६१ जनाको पीसीआर गर्दा २ १५ सय ११ जना र ४,९५३ जनाको एन्टिजिन परिक्षणमा ९१० गरी कुल २ हजार ४२१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images
    images

    मंगलबार मात्रै ४ हजार ५२२ संक्रमित थपिएका थिए । यससँगै हालसम्म देशभर कोरोना संक्रमितको हुनेको संख्या ६ लाख ५६ हजार ८९१ पुगेको छ। यस्तै सङ्क्रमितको निको हुने दर बढ्दै गएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना निको भएसँगै नेपालमा सक्रिय केश ५० हजार ५२० जनामा आईपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर हालसम्म निको हुनेको सङ्ख्या पाँच लाख ६८ हजार ४४० पुगेको छ ।

    कोरोना सङ्क्रमणमुक्त हुनेको दर ९० दशमलब २ प्रतिशत रहेको छ । संक्रमणबाट थप ८१ जनाले ज्यान गुमाएसँगै हालसम्म संक्रमण बाट ज्यान गुमाउनेको सङ्ख्या ८ हजार ८९४ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ९, २०७८ बुधवार - १७:१५:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology