शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप २४ सय ७४ जनामा कोरोना संक्रमण, २५ सय १८ जना संक्रमणमुक्त, २४ को मृत्यु

नेपालमा थप २४ सय ७४ जनामा कोरोना संक्रमण, २५ सय १८ जना संक्रमणमुक्त, २४ को मृत्यु

नागरिक पाटी

१०, आषाढ २०७८
  • 4.0K
    SHARES
  • नेपालमा थप २४ सय ७४ जनामा कोरोना संक्रमण, २५ सय १८ जना संक्रमणमुक्त, २४ को मृत्यु

    धादिङ । नेपालमा थप २ हजार ४७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिहिबार देशभरका प्रयोगशालाबाट ७ हजार २३५ जनाको पीसीआर गर्दा १५ सय ७७ जना र ४,९९७ जनाको एन्टिजिन परिक्षणमा ८९७ गरी कुल २ हजार ४७४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images
    images

    बुधबार मात्रै २ हजार ४२१ संक्रमित थपिएका थिए । यससँगै हालसम्म देशभर कोरोना संक्रमितको हुनेको संख्या ६ लाख ५९ हजार ३६५ पुगेको छ। यस्तै सङ्क्रमितको निको हुने दर बढ्दै गएको छ ।

    पछिल्लो २४ घण्टामा २ हजार ५१८ जना निको भएसँगै नेपालमा सक्रिय केश ४९ हजार ५५५ जनामा आईपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर हालसम्म निको हुनेको सङ्ख्या पाँच लाख ७० हजार ९५८ पुगेको छ ।

    कोरोना सङ्क्रमणमुक्त हुनेको दर ९० दशमलब ७ प्रतिशत रहेको छ । संक्रमणबाट थप २४ जनाले ज्यान गुमाएसँगै हालसम्म संक्रमण बाट ज्यान गुमाउनेको सङ्ख्या ८ हजार ९१८ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १०, २०७८ बिहिवार - १८:०६:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology