शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप ७४ जनमा कोरोना संक्रमण, ४४ जना संक्रमणमुक्त, एकको मृत्यु

धादिङमा थप ७४ जनमा कोरोना संक्रमण, ४४ जना संक्रमणमुक्त, एकको मृत्यु

नागरिक पाटी

१०, आषाढ २०७८
  • 5.4K
    SHARES
  • धादिङमा थप ७४ जनमा कोरोना संक्रमण, ४४ जना संक्रमणमुक्त, एकको मृत्यु

    धादिङ । धादिङमा आज थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक गरेको तथ्यांकअनुसार आज नीलकण्ठका ३२, गल्छीका २, गजुरीका २, ज्वालामुखीका १, त्रिपुरासुन्दरीका ५, गंगाजमुनाका १, थाक्रेका ६, रुवीभ्यालीका ३ र धादिङ अस्पतालमा १० गरी जिल्ला भित्र ६२ जना र जिल्ला बाहिरको १२ जनामा संक्रमण पुष्टि भएको छ ।

    images
    images

    संक्रमित मध्ये ७७७ जना जिल्ला भित्र र ८१ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ६ हजार ६१४ पुगेको छ । आज जिल्लाभर थप ४४ जना डिस्चार्ज भएसँगै हालसम संक्रमणमुक्त हुनेको सङ्ख्या ५ हजार ७८ पुगेको छ भने सक्रिय केश ८५८ रहेको छ ।

    जिल्ला भित्र अस्पताल आइसोलेसनमा १०, संस्थागत आइसोलेसनमा २९ र होम आइसोलेसनमा ७३८ जना रहेका छन्। जिल्ला बाहिर अस्पताल आइसोलेसनमा २४ र होम आइसोलेसनमा ५७ जना रहेका छन् । संक्रमणका कारण आज नीलकण्ठमा ५२ बर्षीय पुरुषको मृत्यु भएसंगै धादिङको मृत्यु संख्या ७३ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १०, २०७८ बिहिवार - १८:१०:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology