शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छि गाउँपालिकाद्धारा नीति तथा कार्यक्रम प्रस्तुत

गल्छि गाउँपालिकाद्धारा नीति तथा कार्यक्रम प्रस्तुत

शिवराज आचार्य

१०, आषाढ २०७८
  • 9.3K
    SHARES
  • गल्छि गाउँपालिकाद्धारा नीति तथा कार्यक्रम प्रस्तुत

    धादिङ। धादिङको गल्छि गाउँपालिकाको छैटौं गाउँसभा सम्पन्न भएको छ। बिहिबार सम्पन्न गाउँसभाले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सर्व सम्मत रुपमा पारित गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि आर्थिक विकास, कृषी, पूर्वाधार, पर्यटन, सिचाँई पुर्वाधार मर्मत तथा सुधार, बिधुतिकरण स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको छ ।

    images
    images

    206255179_1522066494799149_1386910044848594172_n.jpg

    गाउँसभामाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका अल्पसङ्ख्यक तथा पछाडी परेका बर्ग तथा समुदायलाई विकासको मुलधारमा ल्याई विकास निर्माण पक्रियामा सहभागि गराउने, कृषी क्षेत्रको व्यवसायीकरण, बिबिधिकरण र आधुनिकिरण गर्ने, उत्पादनशिल क्षेत्रमा लगानी गर्ने,युवाहरुलाई कृषी पेशामा आकर्शित गर्ने गाउँपालिकाले बताएको छ ।

    199183078_817751765519904_8545793812204635537_n.jpg
    कार्यक्रममा अध्यक्ष कृषिहरि श्रेष्ठ, उपाध्यक्ष राधा तिम्लसिना, ८ वटै वडाका वडाध्यक्षहरु,कार्यपालिका सदस्य,बिभिन्न राजनितिकदलका प्रतिनिधी तथा गाउँपालिका कर्मचारी लगाएको सहभागिता रहेको थियो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १०, २०७८ बिहिवार - २०:४१:३२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology