शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ४ हजार ९१४ जना कोरोना संक्रमणमुक्त, २ हजार १६ जनामा संक्रमण

नेपालमा थप ४ हजार ९१४ जना कोरोना संक्रमणमुक्त, २ हजार १६ जनामा संक्रमण

नागरिक पाटी

१२, आषाढ २०७८
  • 3.7K
    SHARES
  • नेपालमा थप ४ हजार ९१४ जना कोरोना संक्रमणमुक्त, २ हजार १६ जनामा संक्रमण

    धादिङ । आज कोरोना भाइरस संक्रमितको संख्या केही घटेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज देशभर दुई हजार १६ जनामा संक्रमण देखिएको छ। देशभर नौ हजार ८१० जनाको स्वाब परीक्षण गरिएको थियो। शुक्रबार दुई हजार ४७६ जनामा संक्रमण देखिएको थियो। 

    images
    images

    आज चार हजार ७०४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १७४ जनामा र चार हजार ८०६ जनाको एन्टिजेन परीक्षण गर्दा ८४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट ३० जनाको मृत्यु भएको छ। शुक्रबार २७ जनाको मृत्यु भएको थियो। योसँगै मृत्यु हुनेको संख्या आठ हजार ९७५ पुगेको छ।  आज कोरोनाबाट चार हजार ९१४ जना निको भएका छन्। शुक्रबार पाँच हजार ४५५ जना निको भएका थिए।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १२, २०७८ शनिवार - १७:०२:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology