शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप २५ जनामा कोरोना संक्रमण, ७२ जना संक्रमणमुक्त

धादिङमा थप २५ जनामा कोरोना संक्रमण, ७२ जना संक्रमणमुक्त

नागरिक पाटी

१२, आषाढ २०७८
  • 3.9K
    SHARES
  • धादिङमा थप २५ जनामा कोरोना संक्रमण, ७२ जना संक्रमणमुक्त

    धादिङ । धादिङमा आज थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक गरेको तथ्यांक अनुसार आज धादिङ अस्पतालमा ९ जना, बेनिघाट रोराङका ४, रुवीभ्यालिका ४ धुनिबेशीका ३, नीलकण्ठ नगरपालिका, सिद्धलेक, गजुरी, त्रिपुरासुन्दरी र ज्वालामुखी गाउँपालिकाका १\१ जना गरि जिल्लाभित्र २५ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

    images
    images

    संक्रमित मध्ये ६३४ जना जिल्ला भित्र र ८१ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ६ हजार ६५७ पुगेको छ ।

    आज जिल्लाभरका थप ७२ जना डिस्चार्ज भएसँगै हालसम संक्रमणमुक्त हुनेको सङ्ख्या ५ हजार २६४ पुगेको छ भने सक्रिय केश ७१५ रहेको छ ।

    जिल्ला भित्र अस्पताल आइसोलेसनमा १३, संस्थागत आइसोलेसनमा ३० र होम आइसोलेसनमा ५९१ जना रहेका छन्। त्यसैगरी जिल्ला बाहिर अस्पताल आइसोलेसनमा २४ र होम आइसोलेसनमा ५७ रहेका छन्। संक्रमणका कारण जिल्लामा हालसम्म ७३ जनाको मृत्यु भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १२, २०७८ शनिवार - १७:३३:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology