धादिङ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३४ जनाले ज्यान गुमाएसँगै हालसम्म संक्रमण बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ९ पुगेको छ ।
आज पनि नयाँ संक्रमित भन्दा निको हुनेको सङ्ख्या बढि रहेको छ । आज १९ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि हुदाँ ३ हजार ७ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
देशभरका प्रयोगशालाबाट ६ हजारको पीसीआर गर्दा १३ सय ५३ जना र ३,८३६ जनाको एन्टिजिन परिक्षणमा ५६७ गरी कुल १९ सय २० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यससँगै हालसम्म देशभर कोरोना संक्रमितको हुनेको संख्या ६ लाख ६५ हजार ७७७ पुगेको छ। सक्रिय केश ४२ हजार २४ जनामा आईपुगेको छ भने देशभर हालसम्म निको हुनेको सङ्ख्या पाँच लाख ८४ हजार ३३४ पुगेको छ । कोरोना सङ्क्रमणमुक्त हुनेको दर ९१ दशमलब ९ प्रतिशत रहेको छ ।