धादिङ । धादिङमा आज थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ६ हजार ६८५ पुगेको छ ।
आज जिल्लाभरका थप ३२ जना डिस्चार्ज भएसँगै हालसम संक्रमणमुक्त हुनेको सङ्ख्या ५ हजार २९६ पुगेको छ भने सक्रिय केश ७११ रहेको छ । संक्रमणका कारण जिल्लामा हालसम्म ७३ जनाको मृत्यु भएको छ ।