शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

हेटौँडा अस्पतालमा निःशुल्क डायलाइसिस सेवा शुरु

हेटौँडा अस्पतालमा निःशुल्क डायलाइसिस सेवा शुरु

नागरिक पाटी

१४, आषाढ २०७८
  • 5.5K
    SHARES
  • हेटौँडा अस्पतालमा निःशुल्क डायलाइसिस सेवा शुरु

    हेटौंडा । हेटौँडा उपमहानगरपालिकाको व्यवस्थापनमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठाद्वारा सञ्चालित हेटौँडा अस्पतालमा मिर्गौला रोगका बिरामीका लागि डायलाइसिस केन्द्रको आज शुभारम्भ गरिएको छ । हेटौंडास्थित युनिलिभर प्रालिले दुई र हेटौँडा शिवम् सिमेन्टले एक डायलाइसिस मेशिन अस्पताल व्यवस्थापनलाई निःशुल्क उपलब्ध गराएको थियो ।

    images
    images

    उपमहानगरपालिकाले आफ्नै खर्चमा दुई खरीद गरी ल्याएका समेत पाँच मेशिन जडान गरी मिर्गौला पीडितलाई डायलाइसिस गर्ने क्रममा आज तीन बिरामीलाई पहिलो पटक डायलाइसिस गरिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए ।

    नगरप्रमुख महतले अस्पतालमा कोभिड सङ्क्रमणलगायत मिर्गौला रोगबाट पीडित बिरामीलाई तत्काल गुणस्तरीय उपचार सेवा पु¥याउन उपमहानगरपालिकाले थप बजेट विनियोजन गर्दै लैजाने नीति बनाएको जानकारी दिए । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशीले मुलुकमा प्रत्येक वर्ष मिर्गौला रोगबाट करीब तीन हजार व्यक्तिलाई सङ्क्रमण हुने गरेकाले दुर्गम भेगका सर्वसाधारणलाई पनि अब आफ्नो स्वास्थ्यको नियमित जाँचका लागि स्वास्थ्य संस्थामा जानुपर्ने जनचेतना जागृत गर्न स्थानीय निकायलाई प्रभावकारी ढङ्गबाट परिचालन गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नीति रहेको बताए ।

    उनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठाद्वारा हेटौँडा अस्पतालमा केही महिनाभित्रै मुटु रोग, क्यान्सर र बालबालिकाका लागि उपचार सेवा तथा शल्य चिकित्सक सेवालाई गुणस्तरीय बनाउनेतर्फ प्रतिष्ठानले सङ्घीय सरकारसँग सहकार्य गर्नाका साथै योजना तर्जुमा गरिने जानकारी दिए ।

    अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले अस्पताललाई दीर्घकालसम्म गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ विभिन्न चरणमा कार्यक्रम कार्यान्वयनमा ल्याउने प्रयास भइरहेको उल्लेख गर्दै मिर्गौला रोगका बिरामीलाई उपचारका लागि हेटौंडाबाट बाहिरतिर भौँतारिनु नपर्ने अवस्था सृजना भएकामा प्रशंसा व्यक्त गरे ।

    उनले जिल्लामा मिर्गौला रोगका बिरामीको चापलाई दृष्टिगत गर्दै डायलाइसिस सेवालाई क्रमशः दैनिक तीन समूहमा सञ्चालनमा ल्याउने पनि जानकारी दिए । करीब तीन वर्षअघि आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरद्वारा हेटौंडाको चुरेहिल अस्पतालमा डायलाइसिस सेवा शुरु गर्दै आएको थियो । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १४, २०७८ सोमवार - १८:४१:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology