धार्के, धादिङ । धदिङको गल्छी गाउँपालिकाको लगानीमा सहकारी मार्फत किसानलाई लैनु भैंसी वितरण गरिएको छ । गाल्छि गाउँपालिकाको अनुदानमा र कल्लेरी साना किसान कृषि सहकारी संस्था र बागेश्वरी सहकारीको समन्वयमा भैंसी प्रबर्द्धन कार्यक्रम अन्तरर्गत साविक कल्लेरी र बैरेनीका १२० जना भन्दा बढि किसानलाई लैनु भैंसी वितरण गरिने गउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले बताएका छन् । सहकारीले छनोटमा गरेका किसानहरुलाई गाउँपालिकाको ३५ हजार अनुदानमा लैनु भैंसी वितरण गरिदै आ्रएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

अहिले साविक कल्लेरीका १७ जना किसानलाई कल्लेरी साना किसान कृषि सहकारी संस्थाको समन्वयमा भैंसी वितरण गरिएको वडा अध्यक्ष कपिल प्रसाद रेग्मीले बताएका छन। उहाँका अनुसार अब कल्लेरीका ४८ जना किसान लाई केहि दिन भित्रमा वितरण गरिने जानकारी दिनु भएको छ ।
त्यसै गरी बागेश्वरी सहकारीको समन्वयमा साविक बैरेनीका केहि किसानलाई भैंसी वितरण गरिएको र बाँकी केही किसानलाई अब केही दिनमा वितरण गरिने गाउँपालिकाले बताएको छ ।