धादिङ । धादिङमा पछिल्ला केहीदिन यता कोरोनाको नयाँ संक्रमित घट्दै गएको छ। आज १७ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ १०४ जना संक्रमित निको भएका छन् ।
स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक गरेको तथ्यांक अनुसार आज गजुरीका ६, थाक्रेका ५, रुवीभ्यालिका ३, ज्वालामुखीका २, गंगाजमुनाका १ जना गरी १७ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
संक्रमित मध्ये ४९७ जना जिल्ला भित्र र ६४ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ६ हजार ७८१ पुगेको छ ।
जिल्लाभर हालसम संक्रमणमुक्त हुनेको सङ्ख्या ५ हजार ५४२ पुगेको छ भने सक्रिय केश ५६१ रहेको छ । जिल्ला भित्र अस्पताल आइसोलेसनमा १५, संस्थागत आइसोलेसनमा ३६ र होम आइसोलेसनमा ४५६ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर अस्पताल आइसोलेसनमा १५ र होम आइसोलेसनमा ४९ रहेका छन् । संक्रमणका कारण जिल्लामा हालसम्म ७३ जनाको मृत्यु भएको छ ।