धादिङ । मुग्लिन नारायणगढ सडक पुनः अवरुद्ध भएको छ। उक्त सडक खण्डको चार किलो र पाँच किलो भन्ने स्थानमा पहिरो खसेको कारण सडक पुनः अवरुद्ध भएको हो।
हिजो बेलुका ८ बजेबाट एकतर्फी संचालनमा आएको सडक केहि घण्टा नबित्दै पहिरोकै कारण पुन ः अवरुद्घ भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। पहिरो पुन पटक पटक झरेको कारण बाटो सुचारु गर्न केही समय लाग्ने प्रहरीले बताएको यस समयमा बैकल्पीकराजमार्ग प्रयोग गर्नु प्रहरीले अनुरोध गरेको छ।