शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा ३४ सय ५१ जना कोरोना संक्रमणमुक्त, २२ सय ९९ जनामा संक्रमण

नेपालमा ३४ सय ५१ जना कोरोना संक्रमणमुक्त, २२ सय ९९ जनामा संक्रमण

नागरिक पाटी

१८, आषाढ २०७८
  • 7.1K
    SHARES
  • नेपालमा ३४ सय ५१ जना कोरोना संक्रमणमुक्त, २२ सय ९९ जनामा संक्रमण

    धादिङ । पछिल्लो २४ घन्टामा २२ सय ९९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा परीक्षण गराएका १० हजार ५९६ नमूनामा २२ सय ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    images
    images

    ६५ सय ६६ नमूनाको पीसीआर र ४ हजार ३० नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमा पीसीआर विधिबाट १३ सय ९१ जनामा र एन्टिजेन विधिबाट ९०८ मा कोरोना संक्रमण देखिएको हो।

    यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३४ सय ५१ जना संक्रमणमुक्त भएका छन् भने ३४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १८, २०७८ शुक्रवार - १६:५५:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology