शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी नगरपालिकाद्धारा चल्ला कोरल्ने मेसिन हस्तान्तरण

धुनिवेशी नगरपालिकाद्धारा चल्ला कोरल्ने मेसिन हस्तान्तरण

आशिष ठकुरी

१८, आषाढ २०७८
  • 12.3K
    SHARES
  • धुनिवेशी नगरपालिकाद्धारा चल्ला कोरल्ने मेसिन हस्तान्तरण

    खानिखोला । धादिङको धुनिबेशी नगरपालिकाले जलदेवी घरायसी खाद्यान्न उत्पादन महिला समुहलाई इन्कुवेटर (चल्ला कोरल्ने मेसिन) हस्तान्तरण गरेको छ । बहुक्षेत्रीय पोषण सँवेदनशिल कार्यक्रम अन्तर्गत इन्कुवेटर मेसिन वडा नम्बर ९ जुगेडीमा रहेको उक्त समुहलाई हस्तान्तरण गरिएको हो ।

    images
    images

    कार्यक्रम अन्तर्गत नगरपालिकाले ७७ प्रतिशत अर्थात १ लाख रुपैँया र महिला समुहले २३ प्रतिशत अर्थात ३० हजार रुपैँया गरि १ लाख ३० हजार रुपैँयामा उक्त इन्कुवेटर मेशिन खरिद गरिएको हो । समुहका सदस्यहरुलाई मेशिन सञ्चालन खर्चको आधारमा सुनौला हजार दिने आमाहरुलाई सहुलियत दरमा चल्ला कोरल्ने सेवा दिनुपर्ने जनाईएको छ ।

    कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख बालकृष्ण आचार्यले लागत साझेदारीमा प्रदान गरिएको मेशिनको उचित प्रयोग र सँरक्षण गर्न सुझाव दिनुभएको छ । यस्तै पशु सेवा शाखाका प्रमुख टँक कटुवालले मेशिन जडान तथा सञ्चालन सँम्बन्धी प्राविधीक सेवा आफुहरुले प्रदान गर्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख निरु खरेल, प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेल लगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १८, २०७८ शुक्रवार - १७:१४:५८ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology