शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पहिरोका कारण नौविसे-हेटौंडा सडक र मुग्लिन नारायणगढ सडक बन्द, पृथ्वी राजमार्ग भने सुचारु

पहिरोका कारण नौविसे-हेटौंडा सडक र मुग्लिन नारायणगढ सडक बन्द, पृथ्वी राजमार्ग भने सुचारु

नागरिक पाटी

१९, आषाढ २०७८
  • 8.4K
    SHARES
  • पहिरोका कारण नौविसे-हेटौंडा सडक र  मुग्लिन नारायणगढ सडक बन्द, पृथ्वी राजमार्ग भने सुचारु

    धादिङ । लगातारको वर्षाका कारण पहिरोले बन्द पृथ्वी राजमार्ग अन्तर्गतको नौविसे –मुग्लिन सडकखण्ड बिहानदेखि खुलेको छ । कुरिनटार, घोप्टेभीरमा खसेको पहिरो हटाएपछि पोखरा–तनहुँ हुँदै काठमाण्डौ आउने जाने गाडी चलेको चितवनको मुग्लिन प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    images
    images

    यस्तै मुग्लिङ–नारायणगढ सहित विभिन्न सडक बन्द भएका छन् । मुग्लिङ–नारायणगढ सडकमा हिजो पहिरो हटाएको आधा घण्टामै फेरि पहिरो खसेपछि अहिलेसम्म सडक खुल्न नसकेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभएको छ । तीन किलो, चार किलो र सेतीदोभानमा पहिरो खसेको छ । सकेसम्म छिट्टै खुलाउने गरी आज बिहानैदेखि पहिरो हटाउन लागिपरेको पनि उहाँले जानकारी दिनुभयो ।

     

    यस्तै त्रिभुवन राजपथ अन्तर्गत नौविसे-हेटौंडा सडक खण्डको भीमफेदी गाउँपालिका वडा नम्बर–९ अघोर, थाहा नगरपालिका वडा नम्बर–१ खानीगाउँ र वडा नम्बर–१२ गैरीगाउँमा सडक बन्द रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १९, २०७८ शनिवार - ०८:४३:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology