शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आजबाट उपत्यकामा सञ्चालित जोर बिजोर प्रणाली हट्यो

आजबाट उपत्यकामा सञ्चालित जोर बिजोर प्रणाली हट्यो

नागरिक पाटी

२२, आषाढ २०७८
  • 5.0K
    SHARES
  • आजबाट उपत्यकामा सञ्चालित जोर बिजोर प्रणाली हट्यो

    काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा मंगलबारदेखि लागु हुनेगरी सवारी साधनमा लगाइदै आएको जोर विजोर प्रणाली हटाइएको हो । यससँगै अब काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक तथा नीजि सवारी साधन सीट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने शर्तमा सञ्चालन हुने भएका छन् ।

    images
    images

    कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, यात्रुहरुले अनिवार्य मास्क लगाउनुपर्ने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने, सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था हुनुपर्ने र सवारी साधनलाई अनिवार्य रुपमा दैनिक निसंक्रमित गर्नुपर्ने शर्त सहित सवारी साधनको जोर विजोर प्रणाली हटाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए ।


    त्यस्तै अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा नीजि सवारी साधनहरुको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर मात्रै प्रवेश गर्न पाइने उनले जानकारी दिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २२, २०७८ मंगलवार - ०८:४२:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology