शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा कोरोना निको हुने भन्दा संक्रमित हुनेको सङ्ख्या दोब्बर

नेपालमा कोरोना निको हुने भन्दा संक्रमित हुनेको सङ्ख्या दोब्बर

नागरिक पाटी

२३, आषाढ २०७८
  • 4.4K
    SHARES
  • नेपालमा कोरोना निको हुने भन्दा संक्रमित हुनेको सङ्ख्या दोब्बर

    धादिङ । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७९ जनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको सङ्ख्या ६ लाख ९० हजार ९ सय ७४ पुगेको छ ।

    images
    images

    यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ३३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख १४ हजार ३ सय २७ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त हुने भन्दा संक्रमित हुनेको सङ्ख्या दोब्बर भन्दा बढी रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २८ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ९ हजार २ सय ९१ पुगेको छ ।

    हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ५ सय ४४ रहेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ३५ जनाको पीसीआर र ४ हजार ६३ जनाको एन्टिजेन विधिबाट सङ्क्रमण परीक्षण गरिएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २३, २०७८ बुधवार - १७:३०:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology