धादिङ । धादिङमा आज थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक गरेको तथ्याङ् अनुसार आज धादिङ अस्पतालमा १२,ज्वालामुखीमा ८, नीलकण्ठमा ७, धुनिबेशीमा ४, नेत्रावती डवजोङमा ३, गजुरीमा २ जना र गल्छीमा १ जना गरी जिल्लाका ३७ जनामा काचेरोना पोजिटिभ देखिएको छ ।
बिहिबार मात्रै धादिङमा ८६ संक्रमित थपिएका थिए । यो सँगै जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या ७ हजार २८८ पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
आज ५७ जना डिस्चार्ज भएसँगै जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ६ हजार ६११ पुगेको छ भने सक्रिय केश ५३७ रहेको छ। संक्रमित मध्ये जिल्ला भित्र अस्पताल आइसोलेसनमा १९, संस्थागत आइसोलेसनमा १२ र होम आइसोलेसनमा ५०६ रहेका छन्। जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७५ पुगेकोे छ ।