शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रेका शिक्षकहरुलाई मानशिक स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न

थाक्रेका शिक्षकहरुलाई मानशिक स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न

नागरिक पाटी

२८, आषाढ २०७८
  • 6.4K
    SHARES
  • थाक्रेका शिक्षकहरुलाई मानशिक स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न

    धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ११ स्थित सिड्स नेपालको सभाहलमा एक दिने मानशिक स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न भएको छ। चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स नेपालको आयोजनामा सम्पन्न भएको एक दिने मानशिक स्वास्थ्य सम्बन्धी तालिममा थाक्रे गाउँपालिकाका विभिन्न १४ वटा विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो।

    images
    images

    कोरोना भाईरसको कारण बालबालिकामा देखिने मनोसामाजिक समस्यालाई कमगर्न र वालबालिकाहरुको भावनात्मक समस्याको पहिचान गर्ने उदेश्यले तालिमको आयोजना गरीएको सिड्स नेपालका कार्यकारी निर्देशक गोणर्क रुपाखेतीले जानकारी दिनुभयो ।


    कोरोना भाईरसको कारण वालबालिकाहरुमा पनि डर, त्रास, पिर, चिन्ताहरुको समस्याहरु देखिन थालेको र ती समसयाहरुलाई पहिचान गरी उपचारको लागि रेफर गर्ने उदेश्यले शिक्षकहरुलाई आधारभुत मानशिक स्वास्थ्य सम्बन्धी तालिमको आयोजन गरीएको सिड्स नेपालका कार्यक्रम संयोजक दिलबहादुर रम्तेलले जानकारी दिनुभयो।


    यसअघि तीन दिनको आधारभुत मनोसामाजिक तालिम लिईसकेका शिक्षकहरुको लागि पुर्नताजकी होस भनेर तालिम सन्चालन गरीएको हो । तालिममा सिनियर मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले कोरोना भाईरसको कारणले वालबालिकाहरुमा देखिने लक्षणहरु के के हुनरु

    यसको पहिचान कसरी गर्ने, वालबालिकाहरुले भावनात्मक समस्याहरु कसरी व्यक्त गर्छनरु वालवालिकाहरुको अगाडी शिक्षकहरुले गर्नुपर्ने व्यावहारहरु के के हुनरु प्राथमिक मनोबैज्ञानिक सहयोग भनेको के होरु यसको अवधारणा र चरणहरु के के हुन्छन र तनाव व्यावस्थापन कसरी गर्ने भन्ने विषयमा सहजिकरण गर्नुभएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २८, २०७८ सोमवार - २१:४०:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology