शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप २३९८ जनामा कोरोना संक्रमण, २०७८ जना संक्रमणमुक्त

नेपालमा थप २३९८ जनामा कोरोना संक्रमण, २०७८ जना संक्रमणमुक्त

नागरिक पाटी

२९, आषाढ २०७८
  • 6.7K
    SHARES
  • नेपालमा थप २३९८ जनामा कोरोना संक्रमण, २०७८ जना संक्रमणमुक्त

    धादिङ । देशभर आज थप २३ सय ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।आज देशभरका प्रयोगशालाबाट ७ हजार ५८ जनाको पीसीआर गर्दा १६ सय ३९ जना र ३ हजार ९५४ जनाको एन्टिजिन परिक्षणमा ७५९ गरी कुल २३ सय ९८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images
    images

    सोमबार मात्रै २३ सय ७० संक्रमित थपिएका थिए । यो सँगै हालसम्म कोरोना संक्रमितको हुनेको संख्या ७ लाख ३ हजार ८५६ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७८ जना निको भएसँगै देशभर हालसम्म निको हुनेको सङ्ख्या ६ लाख २३ हजार १०५ पुगेको छ । सक्रिय केश २७ हजार २९ जनामा आईपुगेको छ भने कोरोना सङ्क्रमणमुक्त हुनेको दर ९४ दशमलव ६ प्रतिशत रहेको छ ।

    पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ४१२ सय पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २९, २०७८ मंगलवार - १९:४०:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology