शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप ६४ जनामा कोरोना संक्रमण, १८ जना संक्रमणमुक्त

धादिङमा थप ६४ जनामा कोरोना संक्रमण, १८ जना संक्रमणमुक्त

नागरिक पाटी

३०, आषाढ २०७८
  • 7.7K
    SHARES
  • धादिङमा थप ६४ जनामा कोरोना संक्रमण, १८ जना संक्रमणमुक्त

    धादिङ । धादिङका थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक गरेको तथ्याङ् अनुसार आज त्रिपुरासुन्दरीमा २५, धादिङ अस्पतालमा १२, ज्वालामुखीमा ८, धुनिबेशीमा ६, गल्छीमा ५, बेनिघाटमा ४, थाक्रेमा ३ जना र गंगाजमुनामा १ जना गरी जिल्लाका ६४ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

    images
    images

    मंगलबार मात्रै धादिङमा ४९ संक्रमित थपिएका थिए । यो सँगै जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या ७ हजार ५५३ पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। यसैगगरी आज थप १८ जना डिस्चार्ज भएसँगै जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ६ हजार ८२६ पुगेको छ भने सक्रिय केश ५८६ रहेको छ ।

    संक्रमित मध्ये जिल्लाभित्र अस्पताल आइसोलेसनमा ६, संस्थागत आइसोलेसनमा १७ र होम आइसोलेसनमा ५६३ जना रहेका छन् । संक्रमणका कारण जिल्लामा ७७ जनाको मृत्यु भएको छ ।

    आज गजुरीमा १५ स्वाब संकलन भएको छ भने जिल्लाभर १८३ एन्टिजेन परिक्षण मध्ये ६४ जनाको पोजिटिभ भएको छ । हाल जिल्लाका १५ जनाको पीसिआर नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ। 

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३०, २०७८ बुधवार - १८:०२:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology