शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना सँक्रमणका कारण थप ४३ जनाको मृत्यु, थप २ हजार ९ सय ३६ जना सँक्रमित

कोरोना सँक्रमणका कारण थप ४३ जनाको मृत्यु, थप २ हजार ९ सय ३६ जना सँक्रमित

नागरिक पाटी

१, श्रावण २०७८
  • 3.3K
    SHARES
  • कोरोना सँक्रमणका कारण थप ४३ जनाको मृत्यु, थप २ हजार ९ सय ३६ जना सँक्रमित

    काठमाण्डौ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ४३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा र यसअघिको विवरण प्राप्त भएको सहित ४३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार पाँच सय ६ जना पुगेको छ ।

    images
    images

    यस्तै पछिल्लो २४ घण्टामा दुई हजार नौ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार ६ सय १३ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ६ जना र चार हजार पाँच सय ६९ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय ३० जना गरी दुई हजार नौ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा पीसीआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा अहिलेसम्म सात लाख १२ हजार तीन सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा एक हजार सात सय ७५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख २८ हजार दुई सय ४३ जना पुगेको छ । अहिले नेपालमा २६ हजार आठ सय २७ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये पाँच सय ७८ जनाको आईसीयू र एक सय ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १, २०७८ शुक्रवार - १८:३५:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology